राष्ट्रिय परिचयपत्र वितरण साउनमा

काठमाडौं /  हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणसहितको राष्ट्रिय परिचयपत्रको वितरण साउनको तेस्रो सातादेखि आरम्भ हुने भएको छ ।

स्थापनाको ८ वर्षपछि राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले साउनदेखि राष्ट्रिय परिचयपत्र वितरण शुरु गर्न लागेको छ ।

मन्त्रिपरिषदको ०६७ असार १६ गतेको निर्णयाअनुसार छुट्टै निकायका रुपमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र स्थापना भएको थियो । आजको गोरखापत्रमा यो समाचार छापिएको छ ।

 


प्रतिक्रिया दिनुहोस्