प्रहरी नियन्त्रणमा परे डा. केसी

काठमाडौं / चिकित्सा क्षेत्रमा सुधार हुनुपर्ने माग गर्दै जुम्लामा अन्सन बस्न पुगेका डा. गोविन्द केसी पक्राउ परेका छन् । डा. केसी जुम्लास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा अनसन बस्न जाँदै गर्दा जिल्ला प्रशासन कार्यालय छेउबाट प्रहरीले नियन्त्रणमा दिएको हो ।

                                                                  फाइल तस्विर

डा. केसीलाई सरकारले तोकेको निषेधित क्षेत्र अनसन बस्न तयारी गरेको पक्राउ गरेको हो । पक्राउ परेपनि डा. केसीले प्रहरी कार्यालयभित्रै अनसन बस्ने चेतावनी दिएका छन् । एक प्रत्यक्ष दर्शिका अनुसार डा. केसी अनसन बस्न सुरु भएको घोषणापछि उनलाई प्रहरीले नियन्त्रण लिइएको हो ।

डा. केसीलाई प्रहरीले पक्राउ गरेपछि उनको समर्थनमा उत्रिएका खलंगाबासीलाई पनि प्रहरीले पक्राउ गरेको छ । जानकारी अनुसार अहिले डा. केसीको समर्थनमा खलंगाबासी सडकमा उत्रिएका विरोध प्रदर्शन गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस्