फ्रान्सद्धारा अर्जेन्टिना ४–३ गोलअन्तरले पराजित

सन् २०१४ को विश्वकपको फाइनलिस्ट अर्जेन्टिना अन्तिम १६ बाटै बाहिरिएको छ । नकआउट चरणको पहिलो खेलमा अर्जेन्टिना ४–३ गोलअन्तरले पराजित भएको हो । योसँगै सिनियर टोलीका लागि उपाधि जित्ने लियोनेल मेस्सीको सपना पुनः चकनाचुर भएको छ ।

कायलिन एम्बापेलाई डिएरियामा लडाएपछि खेलको शुरुवातमा नै फ्रान्सले पेनाल्टी पायो । जसलाई एन्टोनियो ग्रिजमानले गोलमा परिणत गर्दै फ्रान्सलाई अग्रता दिलाए ।

तर, पहिलो हाफ सकिन लाग्दा एन्जेल डि मारियाले लामो दुरीको प्रहार गर्दै खेल बराबरी गरे ।दोस्रो हाफमा मेस्सीको प्रहार ग्याब्रियल मर्सेडोको खुट्टामा लाग्दै जाली चुमेपछि अर्जेन्टिनाले २–१ को अग्रता बनायो ।

भने फ्रान्सले गोलको वर्षा गर्यो । लुकास हर्नान्डेजको पासमा गोल गर्दै बेन्जामिन पाभार्डले उत्कृष्ट गोल गर्दै फ्रान्सलाई खेलमा फर्काए । त्यसपछि ४ मिनेटको अन्तर एम्बापेले दुई गोल गर्दै फ्रान्सलाई ४–२ को अग्रता दिलाए ।

खेलको इन्जुरी समयमा सर्जियो अगुएरोले एक गोल फर्काएपनि त्यसपछि कुनै गोल हुनसकेन  र खेल फ्रान्सले आफ्नो पक्षमा पार्यो ।

एजेन्सी ।


प्रतिक्रिया दिनुहोस्