उरुग्वे क्वाटरफाइनलमा प्रवेश, रोनाल्डो र मेस्सी दुवै बाहिरिए

फिस्ट / विश्वकप अन्तिम १६ अन्तर्गत उरुग्वेले पोर्चुगललाई २-१ को स्कोरले हराएको छ । उरुग्वेका लागि स्ट्राइकर एडिन्सन काभानीले दुई गोल गर्न सफल रहे ।

खेलको सातौं मिनेटमै उरुग्वेले खेलमा अग्रता लिन सफल भएको हो । लुइस स्वारेजको क्रसमा काभानीले हेडिङ गर्दै गोल गरेका थिए । ५५ औं मिनेटमा पोर्चुगलका लागि डिफेन्डर पेपेले गोल गर्दै पोर्चुगललाई खेलमा फर्काएका थिए ।

तर उरुग्वे ६२ औं मिनेटमा फेरी अग्रता लिन सफल भएको हो । काभानीले बक्स छेऊबाट सुन्दर गोल गर्दै उरुग्वेको जित सुनिश्चित गरेका हुन् ।

यस जितसंगै उरुग्वे अन्तिम ८ मा प्रवेश गरेको छ भने क्रिस्टियानो रोनाल्डो सम्मिलित पोर्चुगल घर फर्किन बाध्य भएको छ ।यस अघि मेस्सी सम्मिलित अर्जेन्टिना फ्रान्ससंग ४-३ ले पराजित भएको थियो । अब क्वाटरफाइनलमा उरुग्वे र फ्रान्स भिड्ने छन् । एजेन्सी

 

 

 


प्रतिक्रिया दिनुहोस्