प्रदेशमा बेग्लै प्रहरी !

काठमाडौँ / प्रदेश २ ले आफ्नो प्रदेशका लागि बेग्लै प्रहरी भर्नासम्बन्धी कानूनको तयारी गरेको छ ।

प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश प्रहरी सेवासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रदेशसभामा प्रस्तुत गरेका छन् । प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षाको विषय प्रदेश सरकारको अधिकार क्षेत्रभित्र पर्ने हुनाले प्रदेश प्रहरी सेवासम्बन्धी कानून व्यवस्था गर्न विधेयक पेस गरिएको छ । प्रदेशमा पनि प्रहरी महानिरीक्षक पदको व्यवस्था छ । आजको अन्नपुर्ण पोष्टमा यो समाचार छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्