मालदिभ्सको विपक्षी दलद्वारा नयाँ नेताको चयनसँगै प्रजातन्त्र पुनः स्थापना गर्ने प्रतिवद्धता

कोलोम्बो, श्रीलङ्का / मालदिभ्सको प्रतिपक्षी समूहले यहाँका शक्तिशाली राष्ट्रपति अब्दुल्लाह यमीनसँग प्रतिस्पर्धा गर्ने क्षमता राख्ने नेता भन्दै इब्राहिम मोहम्मद सोलिहलाई प्रतिस्पर्धामा उभ्याउने भएको छ ।

प्रतिपक्षी समूहहरूको गठबन्धनको नेतृत्वको जिम्मेवारी पाएसँग सोलिहले आफूहरूले निर्वाचनमा बहुमत ल्याएमा विभेदपूर्ण तवरले निर्वासनमा बस्न बाध्य बङ्गलादेशी नागरिकलाई स्वदेश फर्काउन पहल गर्ने जनाउनुभएको छ । मालदिभ्स प्रजातान्त्रिक पार्टीका संसदीय नेता सोलिहले प्रतिपक्षी समूहहरूको गठबन्धनको नेतृत्वबाट देशमा प्रजातन्त्रको पुनः स्थापना गर्ने उक्त समूहका प्रवक्ता अमिद अब्दुल गफूरले एएफपीलाई बताउनुभयो ।

सोलिहले यस पहिले उक्त प्रतिपक्षी समूहको नेतृत्व गरेका अनुभवी नेता मोहम्मद नशीदलाई प्रतिस्थापन गर्नुहुनेछ । बङ्गलादेशको केन्द्रीय निर्वाचन आयोगले नसीदलाई निर्वाचन लड्नका लागि अयोग्य बताएपछि उहाँले उम्मेदवारी नदिने घोषणा गर्नुभएको थियो । १३ वर्ष जेल जीवन विताएका नसीदलाई राजनीतिक प्रतिशोधका कारण सजाय भएको र विदेशमा उपचारका लागि गरेको आग्रहलाई स्वीकार गरिएपछि उहाँ सन् २०१६ पछि निर्वासनमा रहँदै आउनुभएको छ ।

अहिले बङ्गलादेशका प्रभावशाली प्रतिपक्षी नेताहरू कि त जेलमा छन् कि विभिन्न देशमा निर्वासनमा रहँदै आएका छन् । गफुरले भन्नुभयो, यदि आफ्नो गठबन्धनले निर्वाचनमा जितेमा अन्यायपूर्ण रूपमा निर्वासनमा बस्दै आएका तथा स्वदेशमै जेल जीवन विताउँदै आएका सबै जनालाई निर्वाचन भएको मितिले डेढवर्षभित्र न्यायको अनुभूति गराइने बताउनुभयो ।

बङ्गलादेशमा हरेक पाँच वर्षमा राष्ट्रपतिको निर्वाचन गर्ने संवैधानिक प्रावधान छ र राष्ट्रपतिले चाहेमा यस पहिल्यै पनि निर्वाचन गर्नसक्ने कानूनी व्यवस्था रहेको छ । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस्