रोकिएन सुन तस्करीः नाकढुंगाबाट ९ केजी सुन बरामद !

काठमाडौँ / प्रहरीले उपत्यकामा भित्रिने मुख्य नाका नागढुंगाबाट ९ किलो सुन बरामद गरेको छ ।

आईतबार ६ केजी र शनिबार ३ केजी सुन बरामद भएको हो । आईतबार सुनसहित सिन्धुलीपाल्चोकका २३ बर्षीय तेन्जिङ तामाङ पक्राउ परेका छन् ।

धादिङ हुँदै काठमाडौं आउँदै गरेको बा. ९५ प ८१६४ न. को पल्सर मोटरसाईकल जाँच गर्दा सुन भेटिएको थियो । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएका प्रहरी निरीक्षक केशव भट्टको टोलीले आईतबार साँझ ७ बजे सुन बरामद गरेको हो ।

प्रहरीका अनुसार तामाङले विशेष खालको पेटीको फल्स बटमभित्र सुन लुकाई काठमाडौं ल्याउँदै थिए ।, आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्