थाहा पाउनुहोस यि अशुभ फल दिने १० सपनाहरु

काठमाडौँ / रामायण र महाभारत लगायतका विभिन्न धर्म ग्रन्थमा सपनाको अर्थबारे चर्चा गरिएको छ । सपनाले भविष्यमा हुने घटनाको संकेत गर्ने विश्वास छ । केही सपनाले भविष्यमा सुखद संकेत गर्छन् भने कतिपय सपनाले अशुभ संकेत पनि गर्छन् । स्वप्न शास्त्रका उल्लेख भए अनुसार यी १० सपना अशुभ घटनाको संकेत गर्छनः

१. यदि सपनामा जुवा तास खेलेको देख्नु भो भने यसले तपाइँको धन हानी हुने संकेत गर्छ ।

२. कुचोको महत्व शास्त्रमा ठूलो छ । सफाइलाई लक्ष्मीको प्रतीक समेत मानिन्छ । सपनामा तपाइँले कुचो देख्नु भो भने पैसा नोक्शानीको संकेत गर्छ ।

३। सपनामा उल्लु देखियो भने अशुभ मानिन्छ । उल्लुले जीवनमा संकट आउने संकेत दिन्छ ।

४. सपनामा पाकेटमारेको देखियो भने यसले धन हानी हुने संकेत दिन्छ । फाटेको खल्ती देख्नु पनि नोकशानीको संकेत हो ।

५. स्वप्न शास्त्रका अनुसार सपनामा मरुभूमिमा हिँडेको देखियो भने शत्रु लाग्ने र दुःख पाउने संकेत हो ।

६. सपनामा रुख काटेको देखियो भने अपसकुन हुन्छ । यसले निकट भविष्यमा कुनै क्षति हुने वा अशुभ घटना हुने संकेत दिन्छ ।

७. सपनामा बाढी आएको देखियो भने पनि जीवनमा क्षति ब्यहोर्नु पर्छ ।

८. सपनामा पर्खाल ढलेको देखियो भने जीवनमा तनाव बढ्ने संकेत हो । यसले धन वा प्रतिष्ठामा क्षति पुग्न सक्छ ।

९. सपनामा चोर या डाँकु देखियो भने धन हानी हुन सक्छ ।

१०. सपनामा खाली दोकान देखियो भने आर्थिक समस्या आइलाग्छ ।


प्रतिक्रिया दिनुहोस्