विश्वकपमा आजका खेलहरु, बेल्जियम र ब्राजिल सतर्क

काठमाडौं /  विश्वकप २०१८ अन्तिम १६ अन्तर्गत आज दुई खेल खेलिंदैछन् । अहिलेसम्म ४ नक-आउट खेल खेलिंदा उरुग्वे, फ्रान्स, रुस र क्रोएसिया छनोट हुन सफल भएका छन् भने अर्जेन्टिना, पोर्चुगल, स्पेन र डेनमार्क बाहिरिएका छन् । आजका विश्वकपका खेलहरु यस प्रकारका छन् :

पहिलो खेल
ब्राजिल विरुद्ध मेक्सिको
समय स् ७:४५ बजे

ब्राजिल समूह ‘ई’ को विजेताका रुपमा अन्तिम १६ मा छनोट हुन सफल भएको हो । ब्राजिलले आफ्नो ३ खेलमा ५ गोल गर्दै १ गोल खाएको छ । ब्राजिलका लागि मिडफिल्डर फिलिप कौटिन्होले सर्वाधिक २ गोल गरेका छन् । त्यस्तै मेक्सिको भने समूह ‘एफ’ को उपविजेताका रुपमा छनोट हुन सफल भएको हो । जर्मनीलाई पहिलो खेलमा हराएको मेक्सिकोले २ जित तथा १ हार बेहोरेको छ । मेक्सिकोले ३ गोल गर्दै ४ गोल खाएको पनि छ ।

दोस्रो खेल
बेजियम विरुद्ध जापान
समय ११:४५ बजे

त्यस्तै अर्को खेलमा शतप्रतिशत नतिजा कायम गरेको बेल्जियम एसियाली राष्ट्र जापानको सामना गर्ने छ । बेल्जियमले ९ गोल गरेको छ जुन कुनै पनि राष्ट्रका लागि समूह चरणमा सबैभन्दा धेरै हो भने केवल दुई गोल खान पुगेको छ । समूह ‘जी’ को विजेता बेल्जियमका लागि रोमेलु लुकाकुले ४ गोल गरेका छन् । जापान भने समूह ‘एच’ को उपविजेताको रुपमा छनोट भएको थियो । ३ खेलमा ४ गोल गर्दै ४ गोल खाएको जापानले पहिलो खेलमा कोलम्बियालाई निराश पारेको थियो ।

विश्वकपमा अप्रत्यशित नतिजाहरु आइराखेकाले र जापान र मेक्सिकोले यस अघि बलिया राष्ट्रहरुलाई हराइसकेकाले बेल्जियम र ब्राजिल आज शतर्क अवश्य हुने छन् ।

तपाईंको समर्थन कुन टोलीसंग रहेको छ ?


प्रतिक्रिया दिनुहोस्