ब्राजिलले मेक्सिकोलाई २-० ले हराउँदै ब्राजिल विश्वकपको क्वार्टरफाइनलमा

समारा, /  विश्वकप २०१८ को अन्तिम १६ को पांचौं खेलमा ब्राजिलले मेक्सिकोलाई २-० ले हरएको छ । पहिलो हाफको अन्त्यसम्म दुवै टोलीले गोल गर्न असफल भएको थियो ।

नेयमारले विलियनको असिस्टमा खेलको ५१ औं मिनेटमा ब्राजिलका लागि खेलमा अग्रता लिन सफल भएको हो । रोबेर्तो फिर्मिनोले ८८ औं मिनेटमा ब्राजिलका लागि दोस्रो गोल  गर्दै  जित सुनिश्चित गरेका हुन् । ब्राजिल र मेक्सिकोले पहिलो हाफमा लगभग समान पोजेसन राखेका   थोयो ।

ब्राजिलले पोस्टमा ३ प्रहार गर्न पनि सफल भएको छ । रक्षात्मक खेल पस्किरहेको मेक्सिको ब्राजिललाई काउन्टर अट्याकमा गोल गर्ने रणनीति अप्नाएको देखियो । ब्राजिल समूह ‘ई’ को विजेताका रुपमा अन्तिम १६ मा छनोट भएको हो, भने मेक्सिको समूह ‘एफ’ को उपविजेता रहेको थियो ।  एजेन्सी


प्रतिक्रिया दिनुहोस्