जापानले अग्रता जोगाउन नसक्दा, बेल्जियम विश्व कपको क्वार्टरफाइनलमा

रोस्टो, / बेल्जियमले खेलको ४ मिनेट इन्जुरीको अन्तिम मिनेटमा काउन्टर एट्याकमा उत्कृष्ट मुभ बनाउँदै बेल्जियमले तेस्रो तथा निर्णायक गोल गरेको थियो ।

 

नासेर चाड्लीले निर्णायक गोल गरेपछि जापानलाई ३–२ ले हराउँदै बेल्जियम विश्व कपको क्वार्टरफाइनलमा पुगेको छ । परिवर्ति रोर्बेटो फिलानीले ७४ औं मिनेटमा गोल गरेसँगै खेल २–२ को बराबरीमा पुगेको थियो । कप्तान इडेन हाजार्डको क्रसमा फिलानीले हेडमार्फत गोल गरेका थिए । त्यसअघि ६९ औं मिनेटमा जान भेर्टोघेनले हेडमार्फत गोल गर्दै बेल्जियमलाई खेलमा फर्काउने कोशिस गरेका थिए।

२–० ले पछि परेको खेल उल्टाउँदै बेल्जियम अन्तिम आठमा पुगेको हो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलमा जापानले ४ मिनेटको फरकमा २ गोल गर्दै तग्रता लिएको थियो । त्यसका विरुद्ध बेल्जियमले पनि ५ मिनेटको फरकमा २ गोल गर्दै खेलमा फर्किइको थियो । दोस्रो हाफ सुरु भएको सात मिनेट भित्र जापानले २–० को अग्रता लिएको थियो । जापानका लागि पहिलो गोल गेन्की हारागुचीले ४८ औं मिनेटमा गरेका थिए ।

लगत्तै बेल्जियमले गोल फर्काउने मौका पाएको थियो । तर, सफल हुन सकेन । कप्तान इडेन हाजार्डका प्रहार पोष्टमा लागेर फर्केको थियो ।दबाबमा परेको बेल्जियमविरुद्ध ताकासी इन्युले ५२ औं मिनेटमा अर्को गोल थपेका थिए । बेल्जियमले ब्राजिलसँग क्वार्टरफाइनल खेल्नेछ ।एजेन्सी


प्रतिक्रिया दिनुहोस्