विश्वकपमा आजका खेलहरु

काठमाडौँ /  जारी विश्वकपमा आज क्वार्टरफाइनलका लागि दुई खेल हुँदैछन् । साँझ ७-४५ को खेलमा स्वीट्जरल्याण्ड र स्वीडेन, राति ११-४५ मा कोलम्बिया र इंग्ल्याण्ड भिड्दैछन् ।
जारी प्रतियोगितामा सर्वाधकि गोलकर्ता ह्यारी केन सम्मेलित इंग्ल्याण्ड समूह ‘जी’को उपविजेता हो भने कोलम्बिया समूह ‘एच’को विजेता टोली हो । पछिल्ला भेटमा कोलम्बियाले इंग्ल्याण्डलाई पराजित गर्न सकेको छैन ।
कोलम्बियाको आक्रमण पंक्तिमा राडामेल फाल्काओ र हामेस रोडरिग्वेजजस्ता खेलाडी छन् ।  चोटका कारण २०१४ को विश्वकपमा गोल्डेन बुट जितेका रोडरिग्वेज इंग्ल्याण्डविरुद्धको खेलमा उपलब्ध हुनेमा शंका छ ।
ब्राजिलमा सम्पन्न २०१४ को विश्वकपमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको कोलम्बिया त्यही नतिजालाई दोहोर्याउँदै लगातार दोस्रो पटक अन्तिम ८ मा पुग्ने लक्ष्यमा छ ।

 


प्रतिक्रिया दिनुहोस्