‘गैरन्यायिक नियन्त्रणमा’ डा. केसी

काठमाडौँ / स्वास्थ्य सेवा र शिक्षामा सुधारका लागि विभिन्न माग राखी १५ औं अनशन सुरु गरेका डा. गोविन्द केसीलाई प्रहरीले तीन दिनदेखि ‘गैरन्यायिक नियन्त्रणमा’ राखेको खुलेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जाँदै गर्दा शनिबार पक्राउ गरिएका उनलाई प्रहरीले सोमबारसम्म पक्राउ पुर्जी दिएको छैन । हिरासतमै अनशन सुुरु गरेका केसीलाई प्रहरीले जुम्लाको कभर्ड हलमा ल्याएर छाडेको बताए पनि कसैलाई जिम्मा नलगाएको उनका सहयोगी किशोर केसीले जानकारी दिए । प्रहरीको अघोषित नियन्त्रणमा रहेका उनको स्वास्थ्य अवस्था बिग्रँदै गर्दासमेत प्रशासनले अस्पताल लैजान दिएको छैन ।

जुम्लाका डीएसपी डा. पदमकुमार दाहालले डा। केसीलाई केही समय मात्रै नियन्त्रणमा लिइएको बताए ।,  आजको कान्तिपुर दैनिकमा यो खबर छ ।


प्रतिक्रिया दिनुहोस्