लुकेर केटीहरुको अश्लील फोटो खिच्न लगाए यस्तो आइडियाले तर…

एजेन्सी / लुकिछिपी केहीहरुको अश्लील फोटो भिडियो खिचिएका धेरै घटनाहरु हामीले सुनेका छौं तर अमेरिकाको भिस्कन्सिनमा एक युवकले यस्तो काम गरे कि प्रहरी पनि जिल्ल पर्यो । तर युवकले केही गर्न पाउनुभन्दा पहिल्यै आफैं यस्तो सजाय पाए कि यसलाई उनी जिन्दगीभर सम्झिनेछन् । यो सजायपछि उनले आफैं प्रहरीमा गएको आफ्नो गल्ती स्वीकार गरे ।

ती युवकले महिलाको स्कर्टको तलबाट अश्लील तस्वीर खिच्नको लागि आफ्नो जुत्तामा एउटा स्पाइक्यामेरा जडान गरे । उनी कैयौं दिनदेखि यही चक्करमा थिए कि कुनै यस्तो ठाउँमा जाउँ जहाँ धेरै केटीहरु होउन् । तर उनी यस्तो कुनै ठाउँमा जान र भिडियो वा फोटो खिच्न पाउनुभन्दा पहिल्यै क्यामेराको ब्याट्री विष्फोट भयो र उनको खुट्टा नराम्रोसँग जल्यो । मिडिया रिपोर्टका अनुसार यो घटनापछि युवक स्वयं प्रहरीमा गए र आफ्नो गल्ती स्वीकार गरे ।

विकन्सिन राज्यमा यस्तो अपस्कर्टिङलाई ठूलो अपराध मानिन्छ । यो नियम २०१५ देखि लागू भएको हो । यो गल्तीको लागि ती युवकलाई तीन वर्षको जेल सजाय र १० हजार डलर जरिवाना हुन सक्थ्यो । प्रहरी अधिकारीहरुले ती युवकलाई चेतावनीका साथ छोडिदिए किनकि उनले कुनै भिडियो वा फोटो खिच्न भने पाएका थिएनन् ।


प्रतिक्रिया दिनुहोस्