स्वीडेन क्वार्टरफाइनलमा प्रबेश,  स्वीट्जरल्याण्ड पराजित

काठमाडौँ /  विश्वकपको सातौं प्रि-क्वाटरफाइनल खेलमा स्वीडेनले  स्वीट्जरल्याण्डलाई १-० ले हरएको छ । फोर्स्ब्रेगले ६६ औं  मिनेटमा स्वीडेनका लागि खेलमा अग्रता लिन सफल भएको हो ।
विश्वकपको प्रि–क्वार्टरफाइनल खेलको अन्तिम दिनको पहिलो खेलमा यी दुईको पहिलो हाफ बराबरीमा बितेको थियो । स्विट्जरल्यान्ड समूह ‘ई’ को उपविजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो भने स्विडेन समूह ‘एफ’ को विजेताका रुपमा अन्तिम १६ मा छनोट हुन सफल भएको हो ।
यस खेलमा अधिकांश पोजेशन स्विट्जरल्यान्डले राखे पनि गोल गर्न  असफल रहेका छन् । आजकै अर्को खेलमा इंग्ल्याण्ड र कोलम्बिया भिड्दैछन् । स्वीडेनले इंग्ल्याण्ड र कोलम्बियाबीचको विजेतासँग क्वार्टरफाइनलमा भिड्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्