हारे तर संसारको मन जिते । आँखाभरि आँशु लिएर रंगशाला सफा गर्दै फर्किए जापानी समर्थक

हारे तर मन जिते : आँखाभरि आँशु लिएर रंगशाला सफा गरे जापानी समर्थकले ।

गेन्की हारागुची र ताकासी इनुईले जापानलाई पहिलोपटक विश्वकपको क्वाटरफाइनल नजिक पुर्याए ।तर, जान भेर्टोन्गेनको हेर्डरले जाली चुम्यो भने मारुवान फेलानी रनासेर चाल्दीले गोल गर्दै जापानको सपना ३–२ को अन्त्य गरे ।

खेलपछि जापानका समर्थकहरु रोइरहेको दृश्य देख्न सकिन्थ्यो ।तर, हारका बावजुद उनीहरुले आफू ‘पराजित’ नभएको पुष्टि गरे । यसअघि झैँ उनीहरुले अन्तिम सिट्ठीपछि रोस्तोभ एरिना सफा गरे । उनीहरुको आँखामा आँशु थियो तर उनीहरुले यसअघि देखि नै गर्दै आएको आफ्नो जिम्मेवारीलाई भने पूरा गरे ।

एजेन्सी


प्रतिक्रिया दिनुहोस्