कलंकीको ‘अण्डरपास’ साउन पहिलो साताबाट सञ्चालन हुने [भिडियो सहित]

बि.पि. साम्याङखाम

काठमाडौँ, २० अषाढ / चीन सरकारको सहयोगमा संघाई कंपनिले निमार्ण गरिरहेको चक्रपथ सुधार परियोजना अन्र्तगत  कलंकी अण्डर पास सडक साउन पहिलो साताबाट सञ्चालन हुने भएको छ ।स्टम्चर र वाल लाउने काम पुरा भइसकेको र पिच गर्ने तथा फिनिसिङको काम भई रहेको छ । सन् २०१६ मा शुरु गरिएको अण्डरपास ६ महिना भित्र पुरा गर्ने लक्ष्य राखिए पनि भूकम्प र नाकाबन्दीको कारण देखाउदैं ठेकेदार कम्पनीले समयमा काम नगरेपछि एक बर्ष समय थप गरिएको थियो । पटक पटकको समयवधि थप गदैं चीनिया कम्पनी सांघाई कन्स्ट्रक्सनले  पछिल्लो समय  कंलकी अण्डर पास  २४ सै घन्टा निमार्णको काम गरिरहेको छ । यहाँ अहिले २० जना चिनिया र ५० जना नेपाली गरी जम्मा ७० जनाले काम गरीरहेका छन् ।चीन सरकारको सहयोगमा निमार्ण भइरहेको चक्रपथ सुधार परियोजना अन्र्गतको यो अन्डरपास नेपालकै पहिलो आधुनिक पुर्वधार हो । कुल ८ सय मिटर लामो अन्डरपास रहेको सडकको काम बल्खु देखी कलंकी सम्मको १.४ किलो मिटरमा पिच गर्ने काम भई रहेको छ । करिव अन्तिम चरणमा पुगेको उक्त अन्डरपास कलंकी चोकदेखि बल्खुसम्म ४ सय मिटर र सितापाइला तिर ४ सय मिटर गरी जम्मा ८ सय मिटरको बनि रहेको छ । अन्डरपासको निमार्ण भइसकेपछि कलंकीमा हुने घण्टौं जाम पूर्ण रुपमा हट्ने विश्वास लिइएको छ ।अण्डरपास निर्माणपछि बल्खुबाट सितापाइला तिर जाने गाडीहरु अन्डरपासको तलतिरबाट सिधै जानेछन् । जसका कारण अहिले कलंकीमा लामो समय जाम खेप्नु पर्ने बाध्यता हट्ने छ । त्यस्तै थानकोटबाट सोल्टीमोड चोकतिर जाने गाडीहरु पनि विना अवरोध कलंकी चोक वारपार गर्न पाउनेछन् । चीन सरकारको ५ अर्ब रुपैयाको अनुदान सहयोगमा चक्रपथ विस्तारको काम भैरहेको छ ।

सोही परियोजना अन्र्तगत अण्डरपास सडक निर्माण भैरहेको हो । परियोजना अन्तर्गत कलंकी देखि सातदोबाटो हुदै कोटेश्वर सम्मको करिब साढे १० किलोमिटर लामो सडक ८ लेन चौडाइको बनाइदैछ । तर ठेकेदार कम्पनीको काममा आलटालले निर्माण सम्पन्न हुने समय भने निश्चित हुन सकेको छैन । साउन पहिलो सातासम्म सबै काम सकेर हस्तान्तरणको तयारी भएको आयोजना प्रमुख प्रकाश भण्डारीले जानकारी दिएका छन् ।

                                                        -भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

https://youtu.be/SXwHp8R2nkY

 


प्रतिक्रिया दिनुहोस्