निषेधित क्षेत्र तोडेर नेविसंघद्धारा माइतीघरमा प्रदर्शन (फोटो फिचर)

काठमाडौं / नेपाल विद्यार्थी संघले विरोध प्रदर्शनका लागि सरकारले तोकेको निषेधित क्षेत्र तोडेको छ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघले सरकारले लगाएको । माइतीघर मण्डलाको निषेधित क्षेत्रलाई बुधबार दिउँसो २ बजे तोडेको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेविसंघका पूर्व अध्यक्ष प्रदिप पौडेलको नेतृत्वमा विद्यार्थीहरु समूहले निषेधित क्षेत्र तोडेको हो ।

व्यापक प्रहरी परिचालनका बाबजुद पनि नेविसंघले निषेधित क्षेत्र तोडेको छ । संसदमा समेत निषेधित क्षेत्र तोड्ने बारे नेपाली कांग्रेसले आन्दोलन गर्ने र विरोधमा कडा रुपले प्रस्तुत हुने बताएको छ । सोहि अनुरुप नेविसंघले आज व्यापक प्रदर्शन गरेको छ ।गृहमन्त्री राम बहादुर थापा बादलले जारी गरेको एक सातापछि नेविसंघले निषेधाज्ञा तोडेको हो ।

कार्यक्रमलाई प्रदिप पौडेल, नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले सम्बोधन गरेका थिए । उनीहरुले गंगामाया अधिकारी,डा।गोविन्द केसीलगायतका माग सम्बोधन गर्नुपर्ने माग राखेका थिए । उनिहरुले माइतिघर मण्डलाको मध्य भागमा तीन पटक घुमेर प्रदर्शन गरेका थिए । सरकारले आन्दोलन र नारा लगाउन पनि निश्चित क्षेत्र तोकेपछि नेविसंघ आन्दोलित भएको हो ।यसअघि मंगलबारको एक कार्यक्रममा कांग्रेस नेताहरु कृष्णप्रसाद सिटौला र गगन थापाले नेविसंघले निषेधित क्षेत्र तोडेको हेर्ने मन भएको बताएका थिए ।

तस्विर: रासस


प्रतिक्रिया दिनुहोस्