इच्छाकामना गापाद्धारा किसानहरुलाई हाते ट्याक्टर वितरण

इच्छाकामना, २० असार ।  चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले किसानहरुलाई हाते ट्याक्टर वितरण गरिएको छ ।  आज एक कार्यक्रमकाबीच १० जना किसानहरुलाई ७५ प्रतिशत अनुदानमा गाउँपालिकाले ट्याक्टर वितरण गरेका हुन् ।
गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङले किसानहरुलाई व्यवसायी कृषक पेशा तर्फ आकर्षण गर्नका लागि गाउँपालिकाले ल्याएको अनुदान कार्यक्रम अन्तरगत आज हाते ट्याक्टर वितरण गरिएको बताउनुभयो ।

तामिन कृषि सहकारीसंस्था.लि. तामिन, श्री जलदेव कृषि सहकारी संस्था. लि. चण्डिभञ्ज्याङ, नाचिवन आमा समूह काउले, टंक बहादुर गुरुङ, भिम बहादुर सिलवाल, चिरनदास श्रेष्ठ, सिताराम सिलवाल र विन्दादेवी सापकोटालाई हाते ट्याक्टर वितरण गरिएको हो ।


साथै आजै २२ सय सन्तला विरुवा, ५ सय कागती र स्प्रेयर २ सय ओटा वितरण गरिएको छ । गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङ, उपाध्यक्ष कृतिकुमार श्रेष्ठ र वडा अध्यक्षहरुले संयूक्त रुपमा वितरण गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्