‘अदालत’को छायांकन पूरा भयो

 काठ्माण्डौ / दिनेश लिङ्देनको निर्देशन मेखबहादुर मगर कार्यकारी निर्माता र कविता राई निर्माता रहेको चलचित्र ‘अदालत’को छायांकन सकिएको छ। फाल्गुनन्द लिङ्देन फिल्म्स्को व्यानरमा निर्माण भएको यो चलचित्रले समाजमा देखा परेका महिला हिंसा, हत्या, अपहरणलगायत विभिन्न अवैधानिक तथा आपराधिक क्रियाकलापमा संलग्न अपराधीलाई सजाय दिने काम अदालतको हो भन्ने सन्देश दिन खाजेकोछ ।

यस चलचित्रमा मदन भुजेल, एलिना बास्कोटा, रुद्र पाहिम, राजकुमार अधिकारी, शान्ति घिसिङ, दिपक क्षेत्री, प्रेम आले, उदय सुब्बा, मेखबहादुर मगर, दिलिप ठकुरी, हस्त लिवाङ, राजु घिमिरे आदि कलाकारको अभिनय छ । यो चलचित्रलाई हस्त लिवाङले प्रस्तुत गरेका छन् ।

यो चलचित्रमा डिजन भट्टराईको गीत, रोशन वान्तवा राइको संगीत, दिनेश माङ्मुको नृत्य, राजु किराँतीको एक्सन, सुसन साम्सोहाङ, यदु राई र मेनका राईको स्वर, राजु घिमिरेको मुख्य सहायक निर्देशक र विक्रम डिसीको छायांकन रहेकोछ ।


प्रतिक्रिया दिनुहोस्