नेयमारलाई रेफ्रिबाट सुरक्षा चहिन्छ – रोनाल्डो

काठमाडौं /  सन् २००२ को विश्वकपमा ब्राजिललाई जिताएका ब्राजिलका लेजेण्ड खेलाडी रोनाल्डोले नेयमारलाई रेफ्रिबाट अझै सुरक्षा चाहिने बताएका छन् ।

अहिले उनीमाथि अभिनय गरेको आरोप लागिरहेको छ । उनी पटक–पटक लडेको फोटो भिडियोहरु सामाजिक सञ्जालभरी देखिन्छ ।नेयमारले भने यस विषयमा आफू केही नबोल्ने बताएका छन् । यता ब्राजिलका लेजेण्ड रोनाल्डोले भने नेयमारलाई अभिनय गर्यो भन्नेहरु विरुद्ध आफू रहेको बताएका छन् ।

उनले भने, ‘फुटबल ब्याख्या गर्ने धेरै तरिका छन् तर, नेयमारमाथि अभिनयको आरोप लगाउनु गल्ती हो । म नेयमारलाई एक्टिङ गर्यो भन्नेहरुविरुद्ध छु ।’ नेयमार आफू ब्राजिललाई जितको लागि सहयोग गर्ने बताएका हुन् ।


प्रतिक्रिया दिनुहोस्