रोनाल्डो र युभेन्टस बिचको चार वर्षे सम्झौता,अब रियलमा नेइमार कि एमबाप्पे

काठमाडौं /  रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डो युभेन्टस् जाने पक्का भएको  छ । गोल डटकम का अनुसार रोनाल्डो र युभेन्टस बिचको चार वर्षे सम्झौता गरेका छन् ।

विश्वकपबाट उरुग्वेसँग पराजय भोग्दै अन्तिम १६ बाट बाहिरिएको पोर्चुगलका ३३ वर्षीय फरवार्ड रोनाल्डो रियल म्याड्रिडका सर्वाधिक गोलकर्ता हुन् ।  ४ पटक च्याम्पियन्स लिग उपाधि जितेपछि रोनाल्डो आफू रियल म्याड्रिडमा रहनेमा अनिश्चितता प्रकट गरेका थिए । रियल

रियल म्याड्रिडले पिएसजीका ब्राजिली फरवार्ड नेइमारलाई भित्र्याउन चाहेको बताइन्छ । त्यस्तै नेइमार नमिलेमा उसले पिएसजीकै अर्का फरवार्ड किलियन एमबाप्पेलाई पनि भित्र्याउन चाहेको बताइन्छ ।


प्रतिक्रिया दिनुहोस्