इच्छाकामनामा किटजन्य रोगबारे अभिमुखीकरण कार्यक्रम

इच्छाकामना ,२१ असार । चितवनको इच्छाकामना गाउँपालिकामा   डेँगु, औलो रोग, स्क्रब टाइफस, कालाजार तथा अन्य किटजन्य रोगबारे अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनको आयोजनामा दारेचोक स्वास्थ्य चौकी इच्छाकामना ४ कुरिनटारमा एक दिने अभिमूखी कार्यक्रम सम्पन्न भएको हो ।

अभिमुखी कार्यक्रममा जिल्ला जनस्वाथ्य कार्यालय चितवनका भेक्ट्रोल कन्ट्रोल निरिक्षक  राम केसी, इच्छाकामना गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख धन कुमार खड्का, दारेचोक स्वास्थ्यचौकीका इन्चार्ज हरिदेवकोटा र गाउँपालिकाका स्वास्थ्य शाखाका सुरेश थापाले डेँगु, औलो रोग, स्क्रव टाईफस कालाजार तथा अन्य किट जन्य रोगहरु कसरी लाग्छ र कसरी बँच्न सकिन्छ भन्ने बारे सहभागीहरुलाई अभिमुखीकरण तालिम दिएका थिए ।
कार्यक्रममा लाम खुट्टेबाट सर्ने डेंगु र मुसाबाट मानिसमा सर्ने स्क्रब टाईफस, हात्ती पाईले रोग जिका लगायत अन्य किट जन्य रोग लाग्ने कारण र उपचार तथा बच्ने उपाय बारे प्रशिक्षण दिइएको थियो।


प्रतिक्रिया दिनुहोस्