विश्वकपमा आज दुई क्वार्टरफाइनल खेल हुँदै

मस्को, /  जारी विश्वकपमा आज शुक्रबारबाट, दुई क्वार्टरफाइनल खेल  सुरु हुँदैछन् । पहिलो क्वार्टरफाइनलमा उरुग्वे र फ्रान्सबीच साँझ ७ः४५ बजे र अर्को अन्तिम आठको खेलमा ब्राजिलले बेल्जियमको राती ११ः४५ बजे खेल हुँदैछ ।

उरुग्वेले अन्तिम १६ को खेलमा पोर्चुगललाई २–१ ले हराएको थियो । अर्को तिर फ्रान्सले अर्जेन्टिनालाई ४–३ ले पाखा लगाएको थियो । फ्रान्सका लागि युवा खेलाडी केलियन एमबाप्पे सबैभन्दा प्रभावकारी रहे । अर्को क्वार्टरफाइनलमा ब्राजिल र बेल्जियमले भिड्नेछन् । समूह विजेताका रुपमा अघि बढेका यी दुई टोलीमध्ये बेल्जियमको अन्तिम १६ को खेल निकै रोमाञ्चक र संघर्षपूर्ण रह्यो ।

जापानसँग दोस्रो हाफमा २–० ले पछि परेको खेलको इन्जुरी समयमा निर्णायक गोल गर्दै बेल्जियम ३–२ ले विजयी भएको थियो । त्यसको तुलनामा ब्राजिलको यात्रा सहज रह्यो ,ब्राजिलले मेक्सिकोलाई २–० ले हराएको थियो ।

विश्व कपमा आज हुने क्वार्टरफाइनल-

उरुग्वे विरुद्ध फ्रान्स साँझ ७ः४५ बजे

बेल्जियम विरुद्ध ब्राजिल राती ११ः४५ बजे

एजेन्सी


प्रतिक्रिया दिनुहोस्