बक्राहा खोलाले रंगेलीको पुल कटान गर्न थालेपछि स्थानिय चिन्तित

रंगेली,असार २२, / गत तिन दिन देखि परेको अविरल वर्षाका कारण बढेको बक्राहा खोलाले रंगेलीको पुलको उत्तर पट्टिको पुर्र्वी छेउमा कटान गर्न थालेको छ । गत वर्षको बाढीले बगाएर पुरीएकै स्थानबाट पुन कटान गर्न थालेको प्रहरीले जनाएको छ ।


खोलामा बाढी नघटेकोले जोखिम भने कायमै रहेको छ । खोला अझै बढेको खण्डमा ठुलै जोखिम रहेको प्रहरीको अनुमान रहेको छ । विराटनगर–रंगेली सडकमा पर्ने सो पुल आवागमनको मुख्य मार्ग हो । अहिले जनपद र ससस्त्र प्रहरीले नियन्त्रण गर्ने काम सुरु गरेका छन्
त्यस्तै विराटनगर – रंगेली रोडमै पर्ने लोहोन्द्र,चेका र चिसाङ खोला पनि बढेका छन । कटहरी गाउपालीकाकाको लोहोन्द्र खोला बढेर स्थानिय नयाँबाजार क्षेत्रको घरहरु सम्म पुगेको थियो । खोला घर–घर पसेपछि स्थानिय त्रसित बनेका छन्। स्थानियहरु घर बाहिर सडकमा निस्केका थिए ।


प्रतिक्रिया दिनुहोस्